माओवादी मुर्झाएकाले हिंसारहित जनयुद्ध घोषणाः प्रचण्ड
१२ भदौ २०८० काठमाडौं । काठमाडौंमा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियान प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले नयाँ जनयुद्धको उद्घोष गर्नु भएको छ ।
पछिल्लो समय माअोवादी मुर्झाएकाले आफूले हिंसारहित जनयुद्धको सुरूवात गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उहाँले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूबिरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भैरहेको भन्दै यस्ता षड्यन्त्र जनताको नजरमा गिर्दै गइरहेको बताउनुभयो । उहाँले कुनै ठूलो घटना नभए वर्तमान गठबन्धन ५ वर्ष नै जिकिर समेत गर्नु भयो ।
प्रधानमन्त्री दाहालले भारतसँगको सीमा विवाद सुल्झाउने कुरालाई देशभित्रका राजनीतिक दलहरुले पचाउन नसकेको टिप्पणी गर्नु भयो।
प्रतिक्रिया