बिशेष

भ्रष्टाचारमा आफू दोषी देखिए पनि नछोड्न प्रधानमन्त्रीको निर्देशन

हिमालय टिभी
२०८० भदौ १२ गते १३:०३
भ्रष्टाचारमा आफू दोषी देखिए पनि नछोड्न प्रधानमन्त्रीको निर्देशन

१२ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार अनुसन्धानका क्रममा आफू दोषी देखिए पनि नछोड्न निर्देशन दिएको बताउनु भएको छ ।

संसदमा आज भएको प्रश्नोत्तरमा रास्वपा सांसद असिम शाहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कारबाही गरिने भन्दै अनुसन्धानका क्रममा आफु दोषी देखिए पनि नछोड्न निर्देशन दिएको बताउनु भएको हो ।

एमाले सांसद एकनाथ ढकालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको जिकिर गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे सोधको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने बताउनुभयो ।

उहाँले नेपालमा परापूर्वकालदेखि कायम रहँदै आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पुग्ने कुनैपनि किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको स्पष्ट पार्नुभयो । प्रत्येक महिना प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने व्यस्था अनुरुप आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्