एमसीसीका उपाध्यक्ष क्यामरन नेपाल आउँदै
१२ भदौ २०८० काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी मिलेनियम च्यालेन्ज कर्पोरेसनका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा आज नेपाल आउँदै हुुनुहुन्छ।
एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख आज अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुग्ने कार्यक्रम छ।
क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम तय भइसकेको छ।
उहाँले एमसीसी, अरु अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ।
एमसीए नेपालका मिडिया संयोजक पुष्कर माथेमाले औपचारिक कार्यक्रम मार्फत् एमसीसी कार्यान्वयनमा जाने बताउनुभयो। सो समारोहसँगै एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ।
प्रतिक्रिया