Main News

गौर हत्याकाण्डका विषयमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने प्रभु साहको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ११ गते १७:२४
गौर हत्याकाण्डका विषयमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने प्रभु साहको चेतावनी (भिडियो रिपोर्टसहित)

११ भदौ २०८० काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिनुभएको हो ।

उहाँले १७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भए पनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने बताउनु भयो । उहाँले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको बताउनुभयो ।

अध्यक्ष साहले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुपर्नेमा केवल साक्षी मात्रै बनाइएको बताउनुभयो ।

उहाँले मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै निर्णयको जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *