Main News

निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा पारित गर्न आयोगको दबाब (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ११ गते १७:२१
निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा पारित गर्न आयोगको दबाब (भिडियो रिपोर्टसहित)

११ भदौ २०८० काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब दिनुपर्ने बताउनुभएको छ ।

निर्वाचन आयोगले काठमाडौंमा गरेको छलफलमा प्रमुख आयुक्त थपलियाले विधेयकको मस्यौदामाथि आमबहसको विषय बनाउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

उहाँले निर्वाचन व्यवस्थापनसम्बन्धि विधेयक मस्यौदा जस्ताको तस्तै पारित भए नेपालको निर्वाचन सुधारको क्षेत्रमा अग्रगामी कदम हुने दाबी गर्नुभयो ।

मस्यौदामा भोट हाल्दिन भन्ने नागरिकको अधिकारलाई पनि सुनिश्चित हुनेगरी मतपत्रमै भोट हाल्दिन भन्ने संकेतसहितको चुनाव चिन्ह पनि समावेश गर्ने प्रश्ताव गरिएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो ।

उहाँले ५० प्रतिशत भन्दा बढि मतदाताले कुनै उम्मेदवारलाई मत हाल्दिन भन्ने चिन्हमा मत हाले उसको उम्मेदवारी स्वतहः रद्द हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *