Main News

९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरा बाबुछोरामाथि पनि अनुसन्धान हुने

हिमालय टिभी
२०८० भदौ ११ गते १७:१४
९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरा बाबुछोरामाथि पनि अनुसन्धान हुने

११ भदौ २०८० काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ९ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले महरा बावुछोरामाथि अनुसन्धान गरी पूरक प्रतिवेदन ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई निर्देशन दिएको हो । सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबु(छोराले पटक(पटक सम्पर्क गरेको खुलेको छ ।

सीआईबीले यो प्रकरणको अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । तर, महरा बावुछोरासँग बयानसमेत लिइएको छैन । त्यसैले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले थप अनुसन्धान गरी प्रतिवेदन दिन सीआईबीलाई भनेको बताउनुभयो ।

महराका बाबु(छोराको यो प्रकरणमा संलग्नता रहेको भन्दै सार्वजनिक रूपमै प्रश्न उठिरहेको छ । यो विषयमा संसदमा मात्र नभएर सत्तारुढ पार्टी माओवादी केन्द्रमा पनि उठिरहेको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा गलत भए नेताहरूमाथि पनि अनुसन्धान हुने बताउनु भएको थियो । तर, पनि हालसम्म महरा बाबु(छोरामाथि अनुसन्धान भएको छैन । महरा बाबु(छोराले भने आफूहरूको यो प्रकरणमा कुनै संलग्नता नरहेको दाबी गरिरहेका छन् ।

गत पुस १० गते फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट विद्युतीय चुरोटभित्र सुन राखेर ल्याएका थिए।

त्यतिबेल भन्सार विभागले ई–सिगरेटभित्र लुकाएर ल्याइएको सुन बरामद गरी चिनियाँ नागरिक लीलाई छाडिदिएको थियो। त्यसपछि उनी महरा बाबुछोराको सम्पर्कमा पुगेको ब्युरोको अनुसन्धानबाट पाइएको छ।

प्रतिक्रिया

One thought on “९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरा बाबुछोरामाथि पनि अनुसन्धान हुने

  1. नाटक!
    पूर्व प्रधानमन्त्रीद्वय लाई जे गरियको हो त्यहि मंचन हुने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *