भुटानको ड्र्क एयरले पोखरामा नियमित उडान थाल्ने
११ भदौ २०८० काठमाडौं । भुटानको ड्रुक एयरले भदौ २१ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रुक एयरले सातै दिन व्यावसायिक उडान गर्ने भएको हो । भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ ।
यसअघि, चीनको सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो । २२ अर्ब रुपैयाँको ऋण लगानीमा बनेको यो विमानस्थलमा व्यावसायिक उडान हुन नसकेको अवस्थामा भुटानबाट हुने व्यावसायिक चार्टड फ्लाइटले आस जगाएको छ ।
ड्रुक एयर भुटानको रोयल एयरलाइन्स अन्तर्गतको हवाई कम्पनी हो । यो एयर आजभन्दा ४२ वर्षअघि सन् १९८१ मा स्थापना भएको थियो ।
यस्तै, हाल यो एयरले १३ स्थानमा व्यावसायिक उडान भर्दै आइरहेको छ । सुरुमा पारो–पोखरा उडान भरे पनि बिस्तारै पोखरा–दिल्ली–पारो उडान भर्ने कम्पनीको योजना छ ।
प्रतिक्रिया