Main News

सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन शुरु

हिमालय टिभी
२०८० भदौ ११ गते १३:२८
सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन शुरु

११ भदौ २०८० काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन अटोमेसन प्रणाली शुरु भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेसी तारेख व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अदालतमा हुने भ्रष्टाचार र अनियमितता रोक्न भन्दै मुद्दाको पेसी स्वचालित अटोमेसन प्रणालीबाट तोक्न थालिएको हो । पेशी तोक्दा कर्मचारीले आफु खु्शी गरेको गुनासो आएपछि यो प्रणाली शुरु गरिएको हो ।

अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले सिस्टमभित्रैबाट तारिख पाउनेछन् । महिनौंसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ ।

यो प्रणाली लागू भएपछि कुनै पनि मुद्दालाई पेशीमा चढ्न ६ महिना भन्दा बढी समय लाग्ने छैन । शुरुमा सर्वोच्चमा मात्रै अटोमेसन प्रणाली लागू भएको छ । यसपछि क्रमशः उच्च र जिल्ला अदालतमा पनि यो प्रणाली लागु हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *