Main News

प्रचण्डको अमेरिका भ्रमण, विभिन्न देशका नेतासँग साइडलाइन वार्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ १० गते २१:१२
प्रचण्डको अमेरिका भ्रमण, विभिन्न देशका नेतासँग साइडलाइन वार्ता (भिडियो रिपोर्टसहित)

१० भदौ २०८० काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सात कार्यक्रममा भाग लिनेदेखि केही महत्वपूर्ण साइडलाइन वार्ताको तयारी सुरु गरिएकोछ ।

परराष्ट्रमन्त्रालयले थालेको तयारी अुनसार भारतीय समकक्षीदेखि अमेरिकी उच्चअधिकारीसँग साइडलाइन वार्ता हुनेसम्मका छन् । त्यसबाहेक नेपालले सधैंजसो यसपटक पनि अध्यक्ष राष्ट्रको हैसियतमा सार्क साइडलाइन वार्ताको पहल थालेको छ । त्यो बाहेक अन्य सात वटा कार्यक्रममा प्रचण्ड सहभागी हुनुहुनेछ ।

न्यूर्योकमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते जाने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले केही महत्वपूर्ण साइडलाइन वार्ताको तयारी गर्नुभएको छ । परराष्ट्रमन्त्रालयले केही महत्वपूर्ण वार्ताको तयारीका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । विश्वशक्ति राष्ट्रहरु शीत युद्धको चरणमा रहेकाबेला यसपटकको महासभा विशेष महत्वमा छ । यसपटक शक्ति राष्ट्रहरुले नेपाल जस्ता भूराजनीतिक प्रभाव पर्ने राष्ट्रहरुलाई महत्वका साथ राखेका छन् ।

त्यसैले यसपटक नेपालका प्रधानमन्त्रीसँगको साइडलाइन वार्ताका लागि शक्ति राष्ट्रहरुको ‘एप्रोच’ आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसपटक अमेरिका हुँदै चीनको औपचारिक भ्रमणको तयारीमा समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले अमेरिकी उच्चतहको भेट गर्ने सम्भावना रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनसँगको स्वागत भेट मात्र नभएर अमेरिकाले यसपटक उपराष्ट्रपति वा विदेशमन्त्री तहको औपचारिक साइडलाइन वार्ताको प्रस्तावमा छलफल थालेको बताइएको छ । साउन १८ गते काठमाडौंस्थित अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर न्यूर्योक भ्रमणबारे चासो राख्नुभएको बताइएको छ । त्यसमा अमेरिकी उच्च भेटवार्ताको प्रसंग निकालिएको थियो । त्यसबाहेक नियमित जस्तै भारतीय समकक्षी नरेन्द्र मोदीसँगको साइडलाइन वार्ता गर्ने तयारी रहेको छ ।

प्रधानमन्त्री जानुअघि संयुक्त राष्ट्रसंघको आवासीय प्रतिनिधिमा भर्खरै नियुक्त लोकबहादुर थापा तयारीका लागि यसै साता न्यूर्योक जाँदै हुनुहुन्छ । नेपालले यसपटक बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग पनि अलगै साइडलाइन वार्ता गर्ने छ । प्रधानमन्त्री प्रचण्ड आफैं चीन जाने भएकाले त्यसअघि पनि न्यूर्योकमा चिनियाँ उच्चतहसँगको भेटवार्ता हुने छ ।

त्यसबाहेक नेपालले यसपटक अध्यक्ष राष्ट्रको हैसियतमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको साइडलाइन वार्ताका लागि सदस्य राष्ट्रहरुसँग छलफल थालिसकेको छ । तर, सदस्य राष्ट्र अफगानिस्तानमा तालिबानी शासकलाई अन्य सदस्य राष्ट्रहरुले मान्यता नदिएकाले यो सम्भावना पनि निकै कम रहेको छ । यसमा भारत सकारात्मक बने सार्क साइडलाइन वार्ता सम्भव हुने परराष्ट्रका अधिकारीहरुले बताएका छन् । यी साइडलाइन वार्ता बाहेक प्रधानमन्त्री प्रचण्डले सात वटा कार्यक्रममा भाग लिनुहुनेछ ।

प्रधानमन्त्रीले भाग लिने कार्यक्रम
–दिगो विकासका लक्ष्य (एसडीजी) सम्मेलन
–हाई लेभल डायलग अन फाइनान्सिङ फर डेभलपमेन्ट
–क्लाइमेट एम्बिसन समिट
–हाईलेभल मिटिङ अन पेन्डामिक प्रिभेन्सन, प्रिपेयर्डनेस एण्ड रेस्पोन्स
–प्रिपराटोरी मिनिस्टर्ल मिटिङ फर द समिट अफ द फ्यूचर
–हाईलेभल मिटिङ अल युनिभर्सल हेल्थ कभरेल
–हाईलेभल मिटिङ अल द फाइट अगेन्स ट्युभक्र्युलोसिस
–अतिकम विकसित राष्ट्रहरुको नेपालले अध्यक्षता गर्ने कार्यक्रम
–संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन

यसपटक महासभामा नेपालबाट प्रधानमन्त्रीकै तहबाट सम्बोधन हुन लागेको हो भने सन् २०१८ मा ७३ औं महासभामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूर्योक भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *