Main News

सन्दीपविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाइ

हिमालय टिभी
२०८० भदौ १० गते १७:२४
सन्दीपविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाइ

१० भदौ २०८० काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजका लागि तोकिएको पेसी पनि हेर्न नभ्याइनेमा राखिएको छ।

अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा ५ औं नम्बरमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो । मुद्दाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ । योसँगै सन्दीप एसिया कप खेल्न पाकिस्तान जाने भएका छन ।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ । रिटको सुनुवाइ भदौ १ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो ।

इजलासले पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गरेर पेश गर्न आदेश दिएको थियो । आमाको दुईवटा जन्ममितिमा विवाद देखिएको भन्दै जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने भनिएको थियो ।

लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेश गरेको बताइएको छ । लामिछानेले जिल्ला अदालतमा कागज गर्दै बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठानी पेश गरेको जवाफ दिएका थिए । थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आजका लागि पेशी तोकेको थियो ।

जिल्ला अदालतमा यो मुद्दा २६ औं पटक पेसीमा चढे पनि अन्तिम सुनुवाइ हुन सकेको छैन । जिल्ला सरकारी वकिल कार्यालयले २०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *