Main News

१० वटा संसदीय समितिको सभापतिमा ११ जनाको उम्मेदवारी दर्ता

हिमालय टिभी
२०८० भदौ १० गते १७:०८
१० वटा संसदीय समितिको सभापतिमा ११ जनाको उम्मेदवारी दर्ता

१० भदौ २०८० काठमाडौं । संसद्का विषयगत समितिका सभापतिमा विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

भोलि हुने समिति सभापतिको निर्वाचनका लागि विभिन्न दलका सांसदहरूले आज उम्मेदवारी दर्ता गरेका हुन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तीन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ ।

त्यसमध्ये सांसद आरजु राणाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र र रामहरि खतिवडाले सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकै सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईवटा समितिको सभापतिमा उम्मेदवारी दिएको छ । सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समिति र किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा र जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

यता एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

यस्तै पूर्वाधार विकास समितिको सभापतिमा भने राप्रपाका दीपक सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुई समिति भागवण्डामा पाएको माओवादीले कोशी सरकारलाई सहयोग गर्ने सहमति गर्दै राप्रपालाई समिति छोडिदिएको थियो । तर राप्रपाले भने त्यस किसिमको सहमति नभएको बताएको छ ।

तर संसदको पाँचौ ठूलो दलले पनि समितिको सभापति पद पाउँदा चौथो ठूलो दल रास्वपा भने प्रतिस्पर्धामा रहनुले पनि माओवादी र राप्रपाबीच भित्री सहमति भएको आकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *