सामाजिक सद्भाव बिगार्नेमाथि कारबाही गरिने

१० भदौ २०८० पर्सा । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकतालाई भत्काउनेमाथि संविधान र कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रेस सेन्टर नेपाल पर्साले वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैलाई अपिल गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले गौर हत्याकाण्डको अनुसन्धान नरोकिएको जिकिर गर्दै यसबारे थप प्रमाण बुझ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले सुन तस्करी, ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याई दोषीलाई कानुनी कठघरामा ल्याउने दृढता व्यक्त गर्नुभयो। गृहमन्त्री श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया