आफ्नै पार्टीका नेता कार्यकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
१० भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि प्रकरणमा जोडिएका आफ्नै पार्टीका नेता, कार्यकर्ता पनि अनुसन्धानको दायरामा ल्याउने बताउनु भएको छ ।
नेपाली कांग्रेसको रुपान्तरण अभियानका अगुवासँग बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सुन प्रकरणमा नाम मुछिएका सबैको अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको बताउनु भयो ।
उहाँले माओवादी पार्टी भित्र पनि ज(जसको नाम आएको छ, उनीहरुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउने प्रतिबद्धता जनाएको भेटमा सहभागी कांग्रेस नेता मधु आचार्यले बताउनुभयो ।
सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको नाम मुछिएको छ । प्रधानमन्त्री प्रचण्डले महराको पनि बयान लिनुपर्ने बताउनुभएको थियो ।
ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै कांग्रेसको रुपान्तरण अभियान टोलीले प्रधानमन्त्रीलाई भेटेको हो ।
प्रतिक्रिया