Main News

संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने सत्ता गठबन्धनको निर्णय

हिमालय टिभी
२०८० भदौ १० गते १३:२३
संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने सत्ता गठबन्धनको निर्णय

१० भदौ २०८० काठमाडौं । सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको छ ।

कांग्रेस–माओवादीको भागमा परेकामध्ये एउटा राप्रपालाई दिने गठबन्धनमा सहमति बनेको हो । समिति पाएको खण्डमा खण्डमा पशुपति शमशेर राणालाई नेतृत्व गराउने तयारी छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो ।

कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिबाहेका समितिको सभापतिमा मात्रै उम्मेदवार टुंग्याएको छ । तर, राप्रपालाई समिति सभापति दिएवापत कोशी सरकारमा सहभागी हुन राप्रपालाई फकाउन खोजेको बुझिएको छ ।

समितिको सभापतिका लागि सोमबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ । १० वटा विषयगत समितिको नेतृत्वका आकांक्षीहरूले आज उम्मेदवारी दर्ता गर्दैछन् । कांग्रेसले ३ वटा र माओवादीले २ वटा समितिको नेतृत्व पाउने गरी समझदारी भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समितिको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको छ ।

कांग्रेसले सभापतिका उम्मेदवारको टुंगो लगाएको छ । राज्य व्यवस्थामा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ । कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो ।

यो समूहबाट जीवन परियारमात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर कांग्रेसले सन्तुलन मिलाएको छ ।यता जनता समाजवादी पार्टी जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *