Main News

धरानमा निषेधाज्ञा जारी, नाकाहरुमा कडाइ

हिमालय टिभी
२०८० भदौ ८ गते १६:५७
धरानमा निषेधाज्ञा जारी, नाकाहरुमा कडाइ

८ भदौ २०८० सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।

पछिल्लो समय जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित हिंसा रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज मध्यरातदेखि लागु हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गर्नुभएको हो । निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो ।

प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम(दक्षिण रामधुनी नगरपालिका(६ बाट बराहक्षेत्र नगरपालिका(३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

त्यसैगरी इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

त्यसैगरी धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *