Main News
एमालेले सिरहाको विष्णुपरकट्टीमा बोलाएको सचिवालय बैठक स्थगित
२०८० भदौ ८ गते १६:४४
८ भदौ २०८० काठमाडौं । नेकपा एमालेले भोलि सिरहाको विष्णुपरकट्टीमा बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लगातारको वर्षा र बाढीका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिनुभयो ।
नेकपा मालेद्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ३४ वर्षपछि बिष्णुपरकट्टीमा एमाले सचिवालय बैठक बोलाइएको थियो । २०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म पाँच दिनसम्म चौथो महाधिवेशन भएको थियो।
महाधिवेशनले झलनाथ खनाललाई बिदा गरी मदन भण्डारीलाई नयाँ महासचिव चयन गरेको थियो। कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने चौथो महाधिवेशनलाई मान्यता नदिई नेकपा मालेले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म विष्णुपरकट्टी, सर्रे अम्बासमा चौथो राष्ट्रिय महाधिवेशन गरेको थियो।
प्रतिक्रिया