Main News

कोशी प्रदेशमा डेंगुबाट मृत्यु हुनेको संख्या १४ पुग्यो, कोशीका सबै जिल्लामा संक्रमण

हिमालय टिभी
२०८० भदौ ८ गते १३:१९
कोशी प्रदेशमा डेंगुबाट मृत्यु हुनेको संख्या १४ पुग्यो, कोशीका सबै जिल्लामा संक्रमण

८ भदौ २०८० विराटनगर । कोशी प्रदेशमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । २२ हजार २ सय ३७ जना संक्रमित भएका छन् ।

डेंगुबाट मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका हुन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले संक्रमित २२ हजार २ सय ३७ मध्ये आधा भन्दा बढि सुनसरीका रहेको जनाएको छ । त्यहाँ १५ हजार ९ सय ५२ संक्रमित छन् ।

त्यस्तै मोरङ्गमा ३ हजार ३ सय ६३, झापामा १ हजार ४ सय २०, उदयपुरमा ४ सय ४९, धनकुटामा २ सय ६४ जनामा डेंगु संक्रमण देखिएको छ ।

हिमाली जिल्ला संखुवासभामा २ सय ४०, इलाममा १ सय ६८, भोजपुरमा १ सय ५४, तेह्रथुममा १ सय १५, पाँचथरमा ४७, ताप्लेजुङ्गमा ३३, ओखलढुङ्गा र खोटाङमा पाँच पाँच र सोलुखुम्बुमा दुईजनामा संक्रमण भएको छ ।

कोशी प्रदेशका सबै जिल्लामा डेंगुको संक्रमण देखा परेको छ । तीव्र रूपमा फैलिएपछि कोशीका सबै जिल्लामा खोज र नष्ट गर अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

ज्वरो आउने, बान्ता हुने, छालामा डाबर आउनेलगायत डेंगीका लक्षण हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *