बाढी र पहिरोले सिन्धुपाल्चोकमा भौतिक क्षति

८ भदौ २०८० सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा भौतिक क्षति भएको छ ।
बाढीका कारण मेलम्ची(हेलम्बु सडक र अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानमा र बाह्रबिसे नगरपालिका(५ सिरिसेमा पहिरो खसेको छ ।
स्थानीय पालिकाहरुको पहलमा सडक खुलाउने प्रयास भए पनि पानी परिरहेकाले सम्भव भएको छैन ।
त्यस्तै हेलम्बु(४ ग्याल्थुमस्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ । विद्यालय भवन र वरपरका केही घरहरु उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयो । पानी पर्ने क्रम नरोकिएकाले ग्याल्थुम बजार नै जोखिममा परेको उहाँको भनाइ छ ।
यस्तै, तमोर, सुनकोसी र अरूण नदीमा पनि जलसतह बढ्दो छ । उदयपुर, सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा आज साँझसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया