Main News
कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
२०८० भदौ ७ गते ८:५८
![कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य](https://www.himalayatv.com/wp-content/uploads/2023/08/koshi-1.jpg)
७ भदौ २०८० विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभा अन्त्य गर्नु भएको हो ।
नेकपा एमालेले संसद् चल्न नदिने देखिएपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।
गएको सोमबार मुख्यमन्त्री उद्धव थापाले सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीको समेत मत जोडेर विश्वासको मत लिनु भएको थियो । त्यसको विरोधमा एमालेले संसद् अवरुद्ध गरेको थियो ।
प्रतिक्रिया