भारतीय तीर्थयात्री सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु
७ भदौ २०८० बारा । भारतीय तीर्थ यात्री बोकेको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २२ चुरियामाई नजिकै दुर्घटना भएको छ ।
उक्त बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
भारतिय तीर्थयात्री बोकेको बस बिहिवार बिहान करिब ३ बजे दुर्घटना हुँदा बसमा सवार ७ जनाको मृत्यु भएको छ ।
काठमाडौबाट पशुपतिनाथको दर्शन गरेर महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको सो बस दुर्घटनामा ६ भारतीय नागरिक र एकजना नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
चालक सहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको र दुर्घटनामा घाइते अन्य १९ यात्रुको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरिले जनाएको छ।
गाडी चालक फरार रहेको हुनाले घटना कसरी भएको अहिले अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ।
प्रतिक्रिया