Main News

नेतृत्वसँग रामकुमारी झाँक्रीको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ६ गते १७:४३
नेतृत्वसँग रामकुमारी झाँक्रीको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

६ भदौ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले पार्टी नेतृत्वसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सचिव झाँक्रीले पार्टीमा नेतृत्वकै कारण एमालेमाभन्दाबढी गुटबन्दी रहेको उल्लेख गर्नुभयो । उहाँले अन्तरविरोधलाई समाधान गरेर गुटबन्दी अन्त्य नगरे अस्तित्व रक्षाको संकट आउने चेतावनी दिनुभएको छ ।

सचिव झाँक्री पार्टी नेतृत्वसँग असन्तुष्ट हुँदै आउनुभएको छ । उहाँ अध्यक्ष माधवकुमार नेपालकै कार्यशैली कमजोर रहेको बताउँने नेतामा पर्नुहुन्छ ।

एमालेमै फर्किने मूडमा रहेकी झाँक्री कतिपय पार्टी बैठकमै अनुपस्थित हुने गर्नुभएको थियो । जारी केन्द्रीय कमिटी बैठकमा भने झाँक्री उपस्थित हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *