Main News

एमाले र राप्रपाको बहिस्कारपछि कोशी प्रदेशसभा बैठक स्थगित

हिमालय टिभी
२०८० भदौ ६ गते १७:३९
एमाले र राप्रपाको बहिस्कारपछि कोशी प्रदेशसभा बैठक स्थगित

६ भदौ २०८० मोरङ । प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बहिस्कारपछि कोशी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाध्यक्षको अधिकारको दुरुपयोग भएको भन्दै विपक्षीले बैठक बहिस्कार गरेका हुन् ।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गर्नासाथ बैठक बहिस्कार गर्दै बाहिर निस्किनु भएको थियो ।

बैठकको अध्यक्षता गरिरहेका मन्सुरीबाट फेरि असंवैधानिक निर्णय भएकोले बैठक बहिस्कार गरेर निस्किएको एमाले र राप्रपाका सांसदहरुले बताएका छन् ।

एमाले र राप्रपाका सांसदले बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित भएको घोषणा गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *