Main News

सरकारले नै सुन तस्करीको धन्दा चलाएको एमाले महासचिवको आरोप

हिमालय टिभी
२०८० भदौ ६ गते १७:३५
सरकारले नै सुन तस्करीको धन्दा चलाएको एमाले महासचिवको आरोप

६ भदौ २०८० काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले नै सुन तस्करीको धन्दा चलाएको आरोप लगाउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज बिहान गरिएको पत्रकार सम्मेलनमा सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाउनु भएको हो ।

उहाँले ललिता निवासको‌ अनुसन्धान हेर्दा यसलाई कसरी सुशासन भन्न सकिन्छ भनेर प्रश्न गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको पोखरेलको दाबी छ ।

ललिता निवास प्रकरणको घरमा मुछिएकाहरूलाई घर घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उहाँले सीआइबीको आलोचना गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *