Main News

हर्क साम्पाङका पछिल्ला गतिविधि अराजक बन्दै (भिडियो रिपोर्टसहित)

२०८० भदौ ६ गते १०:३७
हर्क साम्पाङका पछिल्ला गतिविधि अराजक बन्दै (भिडियो रिपोर्टसहित)

६ भदौ २०८० काठमाडौं । स्वतन्त्र रुपमा धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हर्क साङपाङका पछिल्ला गतिविधि अराजक हुँदै गएको छ ।

सामाजिक सञ्जालमा धम्कीपूर्ण अभियव्यक्ति दिने साङपाङ पछिल्ला दिनमा नागरिकलाई घरमै पुगेर धम्की दिन थालेका छन् । साङपाङको पछिल्ला धम्की पदीय मर्यादा विपरित त छँदैछ, कानूनलाई ठाडो चूनौति दिने खालका छन् ।

यो भनाभन कुनै सामान्य नागरिककाबीच भएको होइन् । यो त धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ र धरानका नागरिकबीचमा भएको भनाभन हो । यो सामान्य भनाभन मात्रै नभइ नागरिकविरुद्ध प्रमुख साङपाङको धावा हो ।

सिंगो नगरको अभिभावक नै आएर पटक पटक मानसिक यातना दिने, व्यक्तिको निजी जग्गामा वृक्षारोपण गर्ने र धम्काउने गर्दा धरान उपमहानगर ( ४ छोटी मोरङ डाँडाका रोशन अधिकारी र उहाँकी श्रीमती रोजिना अधिकारी प्रतिवादमा उत्रनुभयो । सम्झाइ बुझाइ गर्नुपर्ने साङपाङले उल्टै अधिकारी दम्पत्तीको घर नै भत्काइदिने धम्की दिन भयो ।

अधिकारी दम्पत्तीसँगको विवादको सल्ट्याउनु साटो प्रमुख साङपाङ झन तन्काउन उद्दत देखिनुहुन्छ । हर्कले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिले त्यस्तै संकेत गर्छ ।

गत साउन ११ गते उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिका( ४ स्थित छोटी मोरङडाँडामा पर्ने रोजिना अधिकारीको निजी जग्गामा नपस्न र बृक्षारोपण गर्ने कार्य रोक्न अन्तरिम आदेश दिएको थियो । त्यसअघि प्रमुख साङपाङ सर्दु जलाधार क्षेत्र अन्तर्गतको निजी जग्गामा दलबलसहित गएर जर्वजस्ती वृक्षारोपण गर्नुभयो ।

अधिकारीको नाममा दर्ता भएको जग्गा निजी सम्पत्ति भएकाले अनाधिकृत रुपमा प्रवेश गर्ने र वृक्षारोपण गर्ने जस्ता कार्य नगर्न अदालतले आदेश दिएको थियो । अधिकारी दम्पत्ति नगरप्रमुख साङपाङलाई अदालतको त्यही फैसला बुझाउन खोज्दै थिए । तर नगरप्रमुख साङपाङ त्यो सुन्न तयार हुनुभएन ।

व्यक्तिको सम्पक्तिमा व्यक्तिकै अधिकार रहन्छ, व्यक्तिको सम्पत्तिमा अनुमति विना प्रवेश गर्न पनि पाइँदैन् । तर नगर प्रमुख साङपाङले पटक दलबलसहित घर नै पुगेर धम्काउने गरिरहँदा अधिकारी परिवार आक्रोशित छ ।

नगरप्रमुख भएपछि पदीय जिम्मेवारीमा बसेर नियमसंगत काम गर्ने हो । नागरिकको मतबाट निर्वाचित जनप्रतिनिधिले कामबाट नागरिकको मत जित्ने हो । तर नगरप्रमुख साङपाङ पदीय मर्यादाबाट विचलित हुँदै गइरहनु भएको छ । यसले जनप्रतिनिधिप्रति वितृष्णा बढाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *