Main News

सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कने अवस्था छैन : अध्यक्ष नेपाल

हिमालय टिभी
२०८० भदौ ५ गते १६:२४
सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कने अवस्था छैन : अध्यक्ष नेपाल

५ भदौ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कने अवस्था नरहेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता शक्तिको आलोचना गर्दै गठबन्धन जोगाउनुपर्नेमा जोड दिनु भएको हो ।

राजनीतिक प्रतिवेदनमा उहाँले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पश्चिमा शक्तिहरूले नेपाललाई चीनविरुद्ध खडा गर्न खोजेको टिप्पणी गर्नुभयो ।

उहाँले जनताको बहुदलीय जनवादको औचित्य अझै रहेको भन्दै पार्टीले यो विचार छाड्न नसक्ने तर्क गर्नुभयो । सम्मानित नेता झलनाथ खनाल र घनश्याम भुसाललगायतका नेता भने जनताको बहुदलीय जनवादको चरण समाप्त भएको बताइरहनु भएको छ ।

भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनः गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *