Main News

नेताहरुको व्यस्तताका कारण सर्वदलीय बैठक बस्न सकेन

हिमालय टिभी
२०८० भदौ ५ गते १५:५६
नेताहरुको व्यस्तताका कारण सर्वदलीय बैठक बस्न सकेन

५ भदौ २०८० काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन डाकिएको सर्वदलीय बैठक बस्दै नबसी स्थगित भएको छ ।

छानबिन आयोगको कार्यादेश र संरचनाका बारेमा टुंगो लगाउने भनिएको बैठक नेताहरूको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हो ।

सोमबार दलहरुबीच भएको सहमति अनुसार गठन गरिएको कार्यदलले आज बिहान प्रारम्भिक छलफल गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कार्यदलको बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रबाट हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।

छलफल अनुसार सुन तस्करी प्रकरण मस्यौदा समितिले मस्यौदा तयार पारेको थियो । मस्यौदा अनुसार सुन तस्करी प्रकरणको छानबिन गर्न आयोग बनाउने र सीआईबीले छानबिन सकेपछि मात्रै आयोगले काम गर्ने उल्लेख छ ।

अहिलेसम्म भएका सबै सुन तस्करी प्रकरणमा भएका छानबिनको अध्ययन जाँचबुझ आयोग ऐन २०२६ अनुसार गर्नेछ । सर्वदलीय बैठक नबसेपछि आजका लागि बोलाइएको संसद बैठक पनि स्थगित गरिएको छ ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समितिरआयोग बनाउनुपर्ने माग गर्दै नेकपा एमालेले साउन १० देखि संसद अवरुद्ध गर्दै आएको छ ।

सरकारले भने सीआईबीले अनुसन्धान गरिरहेकाले छुट्टै आयोग गठन गर्नुनपर्ने तर्क गर्दै आएको थियो । तर सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा बसेको दलहरुको बैठकमा सीआईबीको अनुसन्धानलाई अवरोध नगर्ने गरी जाँचबुझ आयोग बनाउन सरकार सहमत देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *