Main News

कीर्तिपुर अस्पतालमा जलन कोष स्थापना, कसरी लिने सेवा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ४ गते २०:५१
कीर्तिपुर अस्पतालमा जलन कोष स्थापना, कसरी लिने सेवा ? (भिडियो रिपोर्टसहित)

४ भदौ २०८० काठमाडौं । कीर्तिपुरस्थित बर्न अस्पतालमा आइतबार जलन कोष स्थापना गरियो । अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार गर्ने लक्ष्य सहित कोष स्थापना गरिएको हो । जलनका बिरामीले उपचारमा कोषबाट कसरी सहयोग लिन सक्छन् ?

कीर्तिपुरको बर्न अस्पतालमा एक वर्षमा ६ सय भन्दा बढी जलनका बिरामी उपचारका लागि पुग्छन् । जसमध्ये ८० प्रतिशत व्यक्ति निम्न आय भएका हुन्छन् । उनीहरुको उपचारको लागि विभिन्न दातृ निकाय तथा संघसंस्थाबाट खर्च जुटाइरहेको अस्पतालले थप सहजताको लागि जलन उपचार कोष स्थापना गरेको हो ।

कोषको संरक्षकको रुपमा सांसद चन्द्रकान्त भण्डारी, चर्चित हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई राखिएको छ । यो कोषमा सांसद भण्डारीले १ लाख एक हजार ५ रुपैयाँ जम्मा गर्नुभएको छ भने अन्य मनकारी व्यक्ति, संघसंस्थाहरुबाट १० लाख जम्मा भएको छ । कोषमा थप सहयोग रकम संकलन हुने अपेक्षा छ । यो कोषबाट कस्ता व्यक्तिले सेवा लिन पाउँछन् त रु

जलनका उपचारमा सामान्य अवस्थामा पनि २ देखि ४ हप्तासम्म बिरामीलाई अस्पताल राख्नुपर्ने हुन्छ । यो अवधिमा मात्रै समान्यरुपमा पनि बिरामीको २ देखि चार लाख रुपैयाँ खर्च हुन्छ । ६ देखि ७ महिना वा बढी समय राख्नुपर्ने बिरामीहरुको लागि २० लाख भन्दा बढी रकम लाग्छ । तर जलनको उपचार अन्य उपचार जस्तो ठ्याक्कै यति रुपैयाँ लाग्छ भन्ने पनि हुँदैन ।

त्यसैले बिरामीले आफ्नो घरखेत बेचेर पनि उपचार गर्न नसक्ने अवस्था छ । यो पैसाकै अभावमा अस्पतालसम्म आउन नसक्ने व्यक्तिहरुलाई, अस्पतालसम्म ल्याउने र उपचारको पहुँचमा पुर्याउन सहयोग गर्ने विश्वास अस्पतालको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *