Main News

पूर्वप्रधानमन्त्रीद्वयसँग बयान कि माैकाकाे कागज ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ४ गते २०:४८
पूर्वप्रधानमन्त्रीद्वयसँग बयान कि माैकाकाे कागज ? (भिडियो रिपोर्टसहित)

४ भदौ २०८० काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई केन्दीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले ‘बयान’ लिएको छ । तर, बयान लिने क्रममा सरकारी वकिलको कार्यालय, काठमाडौंलाई जानकारी नगराएकाले बयान हो वा मौकाको कागज भन्ने प्रश्न उठेको छ । अनि, पूर्वप्रधानमन्त्रीद्वय मुद्दा चल्छ कि चल्दैन ? आम चासोको विषय बनेको छ ।

ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णय हुर्मत लिँदै सामान्य सोधपुछसमेत नगरिएका दुई पूर्वप्रधानमन्त्रीलाई सीआईबीले ‘बयान’ लिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आइतबार राति र बाबुराम भट्टराईलाई सोमबार बिहान सीआईबीले बयान लिएको दाबी गरेको छ । तर, सीआईबीको लिएको बयान हो या होइन् ? कि मौकाको कागज गराएको हो ? भन्नेमै प्रश्न उठेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंका गरेका व्यक्तिहरुसँग भने बयान लिने गर्छ भने घटनाको प्रमाण देखेकोरजानेकोरबुझेको व्यक्तिसँग बुझेर मौकाको कागज गराउँछ । बयान लिँदा सरकारी वकिलको उपस्थिति अनिर्वाय हुन्छ भने मौकाको कागजमा सरकारी वकिलको उपस्थिति अनिर्वाय हुँदैन ।

अर्कोतर्फ मौकाको कागज गरेका साक्षीका रुपमा अदालतमासमेत उपस्थित हुनसक्छन् । उनिहरुमाथि मुद्दा भने चल्दैन । यता, बयान लिएकामाथि मुद्दा चलाउने नचलाउने प्रहरीमा भर पर्छ । यदी प्रहरीको अनुसन्धान प्रतिवेदनमा बयान दिनेहरुलाई प्रतिवादी बनाए सरकारी वलिकले मुद्दा चलाउन सक्छ ।

तर, पूर्वप्रधानमन्त्रीद्वयलाई बयान लिएको हो या मौकाको कागज गराएको हो भन्ने सीआईबीले खुलाएको छैन् । सीआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि पूर्वप्रधानमन्त्रीद्वयबारे के गरेको हो खुल्ने छ । दुई पूर्वप्रधानमन्त्री ललिता निवास प्रकरणमा मुछिएकोमा बयान नै नलिइ प्रतिवेदन बुझाउने तयारी गरेपछि आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *