Main News

सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए विश्वासको मत

हिमालय टिभी
२०८० भदौ ४ गते १८:२५
सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए विश्वासको मत

४ भदौ २०८० विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत लिनुभएको छ ।

प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गर्नुभयो । प्रस्तावको विपक्षमा ३० मत परेको थियो । मन्सुरी संयंले संविधानको धारा १८६ को प्रावधान मिचेर मत दिनुभयो ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले भदौ ३ गते नै विश्वासको मत लिन चाहनुभएको थियो । तर ४ गतेका लागि बैठक तोकेकी उपसभामुख सृजना दनुवार विहान उपचारका लागि भन्दै काठमाडौं जानुभएको थियो ।

त्यसअघि उपसभामुख दनुवारले अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी तोक्नुभएको थियो । मतदान सकिएपछि मत सच्याउन तीन मिनेट समय तोकिएपछि अध्यक्ष मण्डलका अर्का सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षता गर्न आग्रह गरेर मन्सुरीले मत दिनुभयो । आफैंले दिएको मत समेत जोडेर मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गर्नुभयो ।

मुख्यमन्त्री थापाले असंवैधानिकरुपमा सभाध्यक्षलाई प्रयोग गर्दै विश्वासको मत लिएपछि प्रदेश सभाको औचित्य दर्शाउनका लागि यो निर्णय लिएको प्रतिक्रिया दिनुभएको छ। थापाले अब अदालतले निर्णय दिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *