Main News

ललिता निवास जग्गा अनियमिता प्रकरणमा पक्राउ १८ जनालाई थप ३ दिन थुनामा राख्न अनुमति

हिमालय टिभी
२०८० भदौ ४ गते १६:५६
ललिता निवास जग्गा अनियमिता प्रकरणमा पक्राउ १८ जनालाई थप ३ दिन थुनामा राख्न अनुमति

४ भदौ २०८० काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीलाई थप ३ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको हिरासतमा रहेका आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

अदालतले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सीआईबीले साउन ३१ गते थप गरेको म्याद सकिएपछि पुनः म्याद थप मागेको थियो ।

बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको जग्ग्गा हिनामिना प्रकरणमा गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, देवनारायण महर्जन, ध्रुबप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्र प्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ, कलाधर देउजा, सञ्जय महर्जन र सकलानन्द महर्जन हिरासतमा छन् ।

मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्मप्रसाद गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई भने गत हप्ता काठमाडौं जिल्ला अदालतले रिहा गर्न आदेश दिएको थियो ।

सीआईबीले अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालयमा फाइल बुझाउनु पर्ने भए पनि अनुसन्धान नसिकएको भन्दै म्याद थपेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *