Main News

कोशी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

हिमालय टिभी
२०८० भदौ ४ गते १४:२४
कोशी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

४ भदौ २०८० मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ ।

नेपाली कांग्रेसका सांसद एवं ज्येष्ठ सदस्य इसनइल मन्सुरीको अध्यक्षतामा बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेभएको हो ।

सभामुखको भूमिका निर्वाह गर्नुपर्ने उपसभामुख सिर्जना दनुवार र प्रदेश सभा बैठक सञ्चालन गर्ने अध्यक्ष मण्डलमा रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बिदामा बसेपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो ।

गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले बैठकको अध्यक्षता गर्नुहुने मन्सुरीले पनि मतदान गर्ने जानकारी दिनुभयो ।

यसअघि आफ्नो पक्षमा बहुमत पुर्‍याउन सभामुखलाई राजीनामा दिन लगाएको गठबन्धनले एमालेबाट निर्वाचित उपसभामुख सिर्जना दनुवारले बैठक चलाए सहजै बहुमत पुग्ने रणनीति बनाएको थियो । तर एमाले बैठक नै नचलाउने दिशामा गएपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो । तर, संविधानको धारा १८६ ले स्पष्ट रुपमा प्रदेशसभाको बैठकको अध्यक्ष्ता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने उल्लेख छ ।

मत बराबर भएमा मात्रै अध्यक्ष्ता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ । त्यसैले यदी आज मन्सुरीले मत दिएमा पुनः यो विषय अदालत जाने निश्चित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *