Main News

चार दलीय समाजवादी मोर्चाको बैठक बस्दै

हिमालय टिभी
२०८० भदौ ४ गते ७:५७
चार दलीय समाजवादी मोर्चाको बैठक बस्दै

४ भदौ २०८० काठमाडौं । चार दलीय समाजवादी मोर्चाको बैठक बस्दैछ ।

हिजो साँझ बस्ने तय भएको बैठक आज बिहान साढे सात बजे नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने तय भएको हो। बैठकमा सातै प्रदेशमा गर्ने भनिएको कार्यक्रमको स्वरूप, मिति र स्थानबारे छलफल हुने बताइएको छ ।

यसअघि मोर्चाले साउन १२ देखि २२ सम्म सातै प्रदेशमा मोर्चाको सन्देश आम जनतासमक्ष पुर्याउन कार्यक्रम गर्ने जनाए पनि कार्यक्रम तय गर्न सकेको थिएन ।

साउन पहिलो साता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने नेताहरूले बताएका थिए ।

चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *