Main News

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान

हिमालय टिभी
२०८० भदौ ४ गते ७:४९
राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान

४ भदौ २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनुभएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भोलि बिहान साढे ८ बजेका लागि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक राष्ट्रपति कार्यालयमा बस्नेछ ।

संघीय संसद बैठकमा लामो समयदेखि देखिएको गतिरोध अन्त्यका लागि शीर्ष नेतासँग भेटवार्ता गरिसक्नुभएका राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

यसअघि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरिसक्नुभएको छ ।

हिजो नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेट गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *