Main News

प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बस्दै

हिमालय टिभी
२०८० भदौ ४ गते ७:४६
प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बस्दै

४ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक आज पनि बस्दैछ।

सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न आज पनि बस्न लागेको हो। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह चार बजेका लागि बोलाइएको छ।

यसअघि हिजो संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक निष्कर्षविहीन भएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको अडानमा कायम छ । एमालेले साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

सत्तारुढ दल बाहेक प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संसद अवरोधको विपक्षमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *