Main News

काठमाडौंको वनस्थलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

हिमालय टिभी
२०८० भदौ ३ गते १४:२२
काठमाडौंको वनस्थलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

३ भदौ २०८० काठमाडौं । काठमाडौंको वनस्थली, ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५ वर्षका रामकुमार भारती र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीया अनिता थापामगर छन् ।

दुर्घटनामा गम्भीर घाइते दुबैजनाको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अनिताकी ९ वर्षीय छोरी अनिसा घाइते भएकी छन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

बालाजुबाट कलंकीतर्फ जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले बिहान विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२०३७ प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *