Main News

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

हिमालय टिभी
२०८० भदौ ३ गते ८:२८
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

३ भदौ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आजदेखि शुरु हुँदैछ ।

हिजो बसेको सचिवालय बैठकले आज र भोलि दुई दिन बस्ने निर्णय गरेको हो। त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ।

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

उहाँले पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि बताउनुभयो। एकीकृत समाजवादी आगामी माघमा सम्पन्न हुने गरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।

शनिबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *