Main News

रास्वपा जुक्ति, काम कम कुरा धेरै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २ गते २१:०२
रास्वपा जुक्ति, काम कम कुरा धेरै (भिडियो रिपोर्टसहित)

२ भदौ २०८० काठमाडौं । वैकल्पिक राजनीतिक दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी कामभन्दा गफमै केन्द्रित छ ।

गृहमन्त्री समेत बनिसकेका पार्टी सभापति रवि लामिछानेका पछिल्ला गफले रास्वपा कुनै काम गरेर होइन गफै दिएर आफूलाई स्थापित गर्ने बाटोमा छ भनेर भन्दा फरक पर्दैन ।

आफू मन्त्री हुँदा आफ्नै नागरिकता र फर्जी राहदानी जोगाउन बाहेक सिन्को नभाँचेका रास्वपाका सभापति रवि लामिछाने अहिलेको सरकारले फाइल खुलेका काण्डहरु आफूले जिम्मेवारी पाए टुँगोमा पुर्याउँछु भन्न भ्याइउनुभयो ।

उसो त रास्वपाले जनताको असन्तुष्टिलाई नै बलियो हतियार बनाइरहेको छ । लोकरिझ्याईको राजनीतिलाई मूल बाटो बनाएको रास्वपाका सभापतिको भ्रष्टाचारीलाई तह लगाइदिने, यति दिनमा यो काण्ड सल्टाइदिने जस्ता पपुलिष्ट भाषण सामान्य भइसकेका छन् । उहाँले यसअघि गरेका यस्तै केही घोषणको दृष्टान्त हेरौं –
१. विगतमा सालिकराम पुडासौनीको मृत्यु प्रकरणमा आफू हिरासतबाट छुटे २४ घण्टामा दोषी पत्ता लगाउने उद्घोष । तर, केही भएन ।
२. गृह मन्त्रालय सम्हालेलगत्तै निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण टुङ्गयाउछु भनेर परिवारका अघि गोहीको आँसु झार्ने उहाँ नै हुनुहुन्थ्यो । तर, उहाँको ३२ दिनको कार्यकालमा कुनै सिन्को भाँचिएन ।
३. नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुल्यो । जुन घटना लामिछाने गृहमन्त्री हुनुअघिकै थियो । तर, उहाँके कार्यकालमा केही भएन । तर, लामिछानेले शरणार्थी प्रकरणमा आफ्नै कारण छानबिन भैरहेकोसम्म भन्न भ्याउनुभयो ।

अहिले त उहाँको अर्को दाबी आएको छ, ललिता निवास, शरणाार्थी प्रकरण र सुन तस्करीका तीनवटै प्रकरण आफूलाई दिए टुङ्गोमा पुर्याउने ।

तर, उहाँको विगतलाई हेर्दा पक्का छ, लामिछानेले अवसर पाए पनि सिनको भाँच्नुहुन्न। मात्र उहाँको ध्यान जनताको भोट बटुल्ने कसरी भन्नेमा छ । दल र नेताप्रति दिक्क जनतालाई उहाँले जनताले चाहेकै भाषामा भाषण गरेर मत र आशा बटुलिरहनुभएको छ ।

आफू मन्त्री हुँदा आफ्नै नागरिकता र फर्जी राहदानी जोगाउन बाहेक सिन्को नभाँचेका लामिछाने अहिले पनि सत्तासँग साटेको मुद्दा फिर्ताका भरमा बाहिर खुलेआम घुमिरहनुभएको छ । साँच्चै कानुनले काम गर्थ्यो भने फर्जी राहदानीको अभियोगमा लामिछाने सजाय काटिरहेको हुनुहुन्थ्यो । तर उहाँको प्रस्तुति आफू बाहेक अरु सब खराब भन्ने छ ।

नक्कली शरणार्थी, ललिता निवास र निर्मला पन्त प्रकरण उहाँ मन्त्री हुँदा पनि थिए नि, किन सुरुवात नगरेकोरु बोलीले जनतालाई मूर्ख बनाउन पाउँदासम्म कामको लण्ठो कसले पो उठाउनु ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *