Main News

राज्यको ढुकुटी सखाप पार्न नेता-कार्यकर्ताको लाइन (भिडियो रिपोर्टसहित)

२०८० भदौ २ गते २०:४८
राज्यको ढुकुटी सखाप पार्न नेता-कार्यकर्ताको लाइन (भिडियो रिपोर्टसहित)

२ भदौ २०८० काठमाडौं । पछिल्लो नौ वर्षमा सरकारले आर्थिक सहायताको नाममा करिब डेढ अर्ब रुपैयाँ वितरण गरेको पाइएको छ।

आर्थिक वर्ष २०७२–०७३ देखि २०७९–८० सम्म सरकारले आर्थिक सहायताका नाममा प्रदान गरेको रकम प्राप्त गर्नेमा ठूला दलका नेता तथा कार्यकर्ताहरु बढी छन् ।

गत आर्थिक वर्षको अन्तिम महिना असारको अन्तिम साता आएर सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा ५५ लाख ८८ हजार रुपैयाँको भुक्तानी दियो ।

गत वर्षकै कात्तिकमा एकीकृत समाजवादीका नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई आर्थिक सहायतास्वरुप २० लाख रुपैयाँ दिएको थियो ।

भदौमा हाल भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टेकनाथ रिजाललाई २७ लाख रुपैयाँ आर्थिक सहायता दिएको थियो ।

पूर्वराष्ट्रपति रामवरण यादवलाई औषधि उपचार गर्न भन्दै २०७९ कात्तिकमा २५ लाख रुपैयाँ दियो ।

यी त केही उदाहरण मात्र हुन् सरकारले हरेक वर्ष आर्थिक सहायताका नाममा ठूलो रकम राजनीतिक दलका नेता र तीनका कार्यकर्तालाई दिँदै आएको छ। पछिल्लो नौ वर्षमा मात्रै सरकारले १ अर्ब ३५ करोड रुपैयाँ आर्थिक सहायताका नाममा बितरण गरेको देखिन्छ । यतिसम्मकी गत आर्थिक वर्षको अन्तिम महिना साउनमा मात्रै आर्थिक सहायताको नाममा २ करोड ४० लाख रुपैयाँ वितरण गरेको देखिन्छ ।

सरकारले कुन वर्ष कति रकम बाँढ्यो ?

आर्थिक वर्ष २०७२–०७३ मा
१६ करोड ४० लाख ३५ हजार रुपैयाँ

आर्थिक वर्ष २०७३–०७४
२९ करोड ६ लाख ८ हजार रुपैयाँ

आर्थिक वर्ष २०७४–०७५
३१ करोड ८० लाख रुपैयाँ

आर्थिक वर्ष २०७५–०७६
१३ करोड ४ लाख रुपैयाँ

आर्थिक वर्ष २०७६–०७७
९ करोड ११ लाख ६७ हजार रुपैयाँ

आर्थिक वर्ष २०७७–०७८
७ करोड ९३ लाख रुपैयाँ

आर्थिक वर्ष २०७८–०७९
१६ करोड २६ लाख ९८ हजार रुपैयाँ

आर्थिक वर्ष २०७९–०८०
८ करोड ८६ लाख ७३ हजार रुपैयाँ

आर्थिक सहायता पछिल्लो समय आवश्यकता र औचित्यभन्दा पनि सत्ता र शक्तिमा रहेकाहरुले आफू अनुकुल वितरण गर्दै आएको छ। अझ त्यसमा पनि चाडपर्वको मुख, चुनावको समय र आर्थिक वर्ष समाप्त हुने बेलामा ठूलो आर्थिक सहायताको नाममा वितरण गर्दै आएको छ । अहिले अर्थमन्त्री प्रकाशरण महतले पनि त्यस्तै गरी आर्थिक वर्षको अन्तिम महिनामा मात्रै ३ करोडभन्दा बढी रकम वितरण गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *