Main News
नेतृत्व वर्गमा अझै केन्द्रिकृत मानसिकता हाबी छः नेता निधि (भिडियो रिपोर्टसहित)
२०८० भदौ २ गते १६:०४

२ भदौ २०८० काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताउनुभएको छ ।
काठमाडौंमा कांग्रेस नेता प्रदीप गिरीको स्मृति दिवसमा नेता निधीले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भए पनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताउनु भयो । उहाँले अवशिष्ट अधिकार सार्वभौम जनतामा निहीत हुनुपर्ने बताउनु भयो ।
नेता निधीले गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उहाँको जीवन राजनीतिककर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया