Main News

भोलिबाट संसद अवरोध हट्ने प्रधानमन्त्री प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २ गते १२:५५
भोलिबाट संसद अवरोध हट्ने प्रधानमन्त्री प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

२ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाट संसदको अवरोध हट्ने दाबी गर्नुभएको छ ।

रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संसद गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको भन्दै भोलिबाट संसद अवरोध हट्ने बताउनु भएको हो ।

उहाँले आज प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र भोलिबाट संसद सञ्चालन हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताउनु भयो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसदको बैठक चल्न दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *