Main News

मुगुको ढुम गाउँ पहिरोको उच्च जोखिममा, स्थानीय रातभर जाग्राम (भिडियो रिपोर्टसहित)

२०८० भदौ १ गते १६:१५
मुगुको ढुम गाउँ पहिरोको उच्च जोखिममा, स्थानीय रातभर जाग्राम (भिडियो रिपोर्टसहित)

१ भदौ २०८० मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ स्थित ढुम गाउँ पहिरोको उच्च जोखिममा छ ।

गत साउन २७ गते गाउँमाथिबाट झरेको भीषण पहिरोका कारण पूरा बस्ती नै त्रशित छ । पहरोबाट ढुंगा झर्ने क्रम नरोकिँदा गाउँका दुई सय ५० घरका नागरिक रातभर जाग्राम बस्न बाध्य छन् ।

मुगुको छायाँनाथरारा नगरपालिका वडा नं ५ ढुम गाउँमा वर्षा सुरु भएसँगै साउन २७ गते राति मैतु पखेराबाट पहिरो झर्‍यो । १९ वटा घरमा क्षति पुग्यो । पहिरो आएपछि स्थानीय बासिन्दाको भागाभाग भयो ।

पखेराबाट माटो र ढुंगा झर्ने क्रम अझै रोकिएको छैन । पहिरोले गाउँ नै पुर्ने हो कि भनेर स्थानीय अझै त्रसित छन् । स्थानीयको अनुभवमा आजसम्म यतिको ठूलो पहिरो आएको थिएन ।

एउटा नगरपालिका र तीनवटा गाउँपालिका रहेको मुगुमा ढुम गाउँ एउटा प्रतिनिधि स्थल हो । जिल्लाका अधिकांश बस्ती पहिरोको जोखिममा छन् ।

वर्षायाममा स्थानीयको रात घरबाहिर बित्छ । आफूले मात्रै समस्याको समाधान गर्न नसक्ने भन्दै स्थानीय सरकरले प्रदेश र संघीय सरकारसँग सहयोगको अपिल गरेको छ ।

गत बर्ष असोज महिनामा आएको अविरल बर्षासँगैको बाढी पहिरोले मुगु जिल्ला क्षेत विक्षत भयो । त्यसले बनाएको घाउ निको नहुँदै गत साउनमा आएको पहिरोले मुगुबासीलाई थप पीडा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *