Main News

चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दुरगामी सहमति जुट्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

हिमालय टिभी
२०८० भदौ १ गते १३:०५
चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दुरगामी सहमति जुट्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

१ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दुरगामी सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्‍याउने गरी भारतसँग प्रारम्भिक हस्ताक्षर भइसकेको र अर्को छिमेकी चीनसँग पनि ऊर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने बताउनुभयो ।

उहाँले बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको बताउनुभयो ।

प्राधिकरणले गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्व ६७ करोड पुगेको घिसिङले बताउनुभयो ।

उहाँले हाल राष्‍ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्‍त गरिरहेको बताउनुभयो । उहाँले आउँदो २ वर्ष भित्र सबै जनता कहाँ बिजुलीको पहुँच पुर्‍याउने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *