Main News

आँखा पाक्ने संक्रमणबाट जोगिन के गर्ने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ३१ गते १८:०१
आँखा पाक्ने संक्रमणबाट जोगिन के गर्ने ? (भिडियो रिपोर्टसहित)

३१ साउन २०८० काठमाडौं । देशका अधिकांश ठाउँमा आँखा पाक्ने संक्रमण बढ्दैछ । योसँगै संक्रमणका विषयमा विभिन्न भ्रम पनि फैलिरहेका छन् । आँखा पाक्ने संक्रमण कसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ?

अहिले धेरैतिर आँखा पाक्ने समस्या भएका व्यक्ति भेटिन्छन् । यसो हुँदा आफूलाई पनि आँखामा संक्रमण हुने हो कि भन्ने चिन्ता लागेको हुन सक्छ ।

कतिपयलाई आँखा पाकेका व्यक्ति छेउमा आयो भने पनि आँखा पाक्ने रोग सर्छ भन्ने लागेको हुन सक्छ । के व्यक्तिको आँखा हेर्दैमा र आँखा पाकेका व्यक्ति छेउमा आउँदैछ यो संक्रमण सरिहाल्छ ?

आँखा पाक्ने संक्रमण निको हुन लगभग ८ दिनसम्म लाग्छ । तर ८ दिनपछि पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना भने रहिनै रहन्छ ।

आँखा पाक्ने संक्रमणबाट जोगिन संक्रमित व्यक्तिको सम्पर्कमा नजाने, संक्रमित व्यक्ति भिडभाडमा नजाने, जथाभावि आँखामा नछुने, संक्रमितले प्रयोग गरेको सामग्रीहरु प्रयोग नगर्ने, आँखा छुनुअघि र आँखा छोईसकेपछि सावुनपानीले हात धुँदा संक्रमणबाट आफू र अरुलाई समेत जोगाउन सकिन्छ ।

आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा विझाउने, दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने आँखा पाकेका लक्षण हुन सक्छन् ।

यस्तो अवस्थामा आँखालाई चिसो वस्तु वा बरफले सेक्ने, सफा पानीले पटक(पटक आँखा सफा गर्ने, कालो चश्मा प्रयोग गर्ने र समस्या धेरै देखिए अस्पताल गएर परीक्षण गराउनुपर्छ । आँखामा संक्रमण भइसकेको व्यक्तिले आँखा छोएपछि हात सफा गरेर मात्रै ढोकाको चुकुल, भाँडाकुँडा, स्वीच, टेबल लगायतका सामग्री छुँदा अन्य व्यक्तिमा संक्रमण सर्ने सम्भावना कम हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *