Main News

सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ

हिमालय टिभी
२०८० साउन ३१ गते १७:०६
सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ

३१ साउन २०८० काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीन पुरुष र एक महिला छन्। काठमाडौंका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् । सुरुमा राजस्व अनुसन्धान विभाग आफैंले सुन तस्करी प्रकरणको अनुसन्धान अगाडि बढाएकामा अहिले यो जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई जिम्मा दिइएको छ ।

विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो।

हिजो सुन गालेर जोख्दा वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । शुरुमा ब्रेक सुसहित जोख्दा १ सय किलो थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *