राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
३१ साउन २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग सदनको जारी गतिरोधबारे चासो राख्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच राजनीतिक, संसद गतिरोध लगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
भेटमा राष्ट्रपति पौडेल संसदको जारी गतिरोधमा चिन्तित हुनुहुन्थ्यो । आपसी समझदारीमा जोड दिंदै उहाँले राजनीतिक दलहरुले संवादमार्फत गतिरोध हटाउन पर्ने सुझाव दिनुभएको थियो ।
लामो समय सदन चल्न नसक्दा जनतामा निराशा बढ्ने र संसदप्रति नै नकारात्मक प्रभाव पर्नेतर्फ राष्ट्रपति पौडेलले ध्यानाकर्षण गराउनुभएको थियो ।
सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
भेटमा ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको बताइएको छ ।
प्रतिक्रिया