Main News

घटेको २० दिनमै सरकारले बढायो सार्वजनिक यातायातको भाडा

हिमालय टिभी
२०८० साउन ३१ गते १४:५७
घटेको २० दिनमै सरकारले बढायो सार्वजनिक यातायातको भाडा

३१ साउन २०८० काठमाडौं । सार्वजनिक सवारीसाधनको भाडा घटेको २० दिनमै पुनः भाडा बढेको छ ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीसँगै सार्वजिनक सवारीसधानको भाडादर बढाएको हो ।

नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४ दशमलव ७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६ दशमलव १५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६ दशमलव ८३ प्रतिशतले भाडा वृद्धि भएको छ ।

बढेको भाडादर आजैदेखि लागू भएको छ । विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ ।

नेपाल आयल निगमले हिजो मङ्गलवार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *