Main News

टिकौलीको जंगलमा त्रासदीपूर्ण सडक दुर्घटना, १८ जना घाइते

हिमालय टिभी
२०८० साउन ३१ गते १३:५९
टिकौलीको जंगलमा त्रासदीपूर्ण सडक दुर्घटना, १८ जना घाइते

३१ साउन २०८० चितवन । भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा ८ वटा सवारी साधन ठोक्किँदा २० जना घाइते भएका छन् ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले शव बोकेको बोलेरोलाई ठक्कर दिएको हो । तीव्र गतिमा गाडी गुडिरहेकाले बाइक र स्कुटर पनि ठोक्किन पुगे । ८ सवारीसाधन ठोकिँदा २० जना घाइते भए ।

घाइतेलाई भरतपुर अस्पताल, मेडिकल कलेज लगायत विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ । भरतपुर सरकारी अस्पताल भरतपुरमा १२ जनाको उपचार भइरहेको छ । ७ जनाको अवस्था गम्भीर छ भने अन्य पाँच घाइते भने मध्यम अवस्थाका छन् ।

प्रहरीका अनुसार एक जना घाइतेको मध्यम चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यसैगरि ७ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कलेजको बसका चालक नवलपरासी गैंडाकोट(९ का २६ वर्षीय आशीष परियारलाई नियन्णत्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *