Main News

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा

हिमालय टिभी
२०८० साउन ३१ गते १३:०५
अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा

३१ साउन २०८० काठमाडौं । आजदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा समेटिएका छन् ।

सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि कोषमा समेट्न शुरु गरेको हो ।

प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई कोषमा समेट्ने कामको औपचारिक शुरुवात गर्नुभयो ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

वैशाख १ देखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेकाले यसको आज औपचारिक घोषणा गरिएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले बताउनु भयो ।

यसका लागि अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *