Main News

सत्ता गठबन्धनले एमालेसहितका दलहरुसँग छलफल गर्ने

हिमालय टिभी
२०८० साउन ३१ गते १३:००
सत्ता गठबन्धनले एमालेसहितका दलहरुसँग छलफल गर्ने

३१ साउन २०८० काठमाडौं । संसदको जारी अवरोध खुलाउन सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच एमालेसहितका दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले संसदको गतिरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमाले लगायतका दलसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । गठबन्धनले भनेछानबिन समिति आवश्यकता नभएको निष्कर्ष निकालिसकेको छ ।

बैठकमा सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणका सन्दर्भमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *