Main News

बढ्यो पेट्रोलियम पदार्थको भाउ

हिमालय टिभी
२०८० साउन ३१ गते ८:३३
बढ्यो पेट्रोलियम पदार्थको भाउ

३१ साउन २०८० काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले वृद्धि भएको छ ।

मूल्य समायोजनपछि अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ पचास पैसा तथा डिजेल र मट्टीतेल १६४ रुपैयाँ पचास पैसा पर्नेछ ।

त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७७ रुपैयाँ तथा डिजेल र मट्टीतेल १६६ रुपैयाँ पचास पैसा पर्नेछ । काठमाडौ, पोखरा र दिपायलमा भने पेट्रोल १७८ रुपैयाँ तथा डिजेल र मट्टीतेललाई १६७ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *